पार्टी एकताबारे के भन्छन् जिल्ला नेता ?
गुल्मी । एमाले र माओवादी केन्द्र एकता भएपछि गुल्मी जिल्लामा पनि पार्टी एकतालाई स्वागत गर्दै संयुक्त रुपमा खुशीयाली मनाइएको छ ।
एकताको खुशीयालीमा दुवैतर्फका नेता कार्यकर्ताले बिहीबार अवेरसम्म गाउँका चोक चोकमा नारावाजीगर्दै खुशीयाली मनाएका हुन् ।
लामो समय पछिको चाहना पुरा भयो : अध्यक्ष पन्त
तत्कालिन नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले लामो समयदेखि नेपालमा वाम एकताका लागि भएको प्रयास र आम जनताको चाहना केन्द्रका दुई शीर्ष नेताद्धयः केपी ओली र प्रचण्डले पुरा गराई दिएको बताए ‘ २००६ सालपछि जसरी पुनः पार्टी एकता भएको छ यो असाध्यै सुखद पक्ष हो पन्तले भने–‘नेता ओलीले भने झै हामी एक अर्कामा विलय भएका होईनौं एक्सीजन र हाईड्रोजन मिलेर पानी भएका छौं , अव एउटै समुन्द्रमा कुन नदीको पानी कुन ? भनेर चिन्न सकिदैन । ’
अव संयुक्त पार्टीको नेतृत्व कसले ले ला त ? योे प्रश्नमा उनले भने –अहिले नै यो वा उ भनेर भन्न सकिदैन, तीन महिनाभित्र केन्द्रबाट कस्तो सर्कुलर आउँछ त्यही अनुसार अगाडी बढिनेछ ।’ उनले अवदेखि कुनै औपचारिक कार्यक्रम गर्दा अलग अलग पार्टीको तर्फबाट प्रतिनिधित्व नगरिने पनि बताए
समाजवादमा पुग्न एकता : संयोजक कार्की
त्यस्तै साविकको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्कीले समाजवादमा पुग्नका लागि एकता गरिएको धारणा राखे । पार्टी एकतापछि बैद्य, विप्लव र माओवादी केन्द्रबाटै असन्तुष्टि जाहेर गर्दै कार्यकर्ताहरु चोईटिने भएपनि अव त्यस्तो नहुने उनले बताए ।
उनले भने–‘ जिल्ला स्तरमा भन्दा कार्यर्तामा निकै उत्साह छाएको पाएको छु, चोईटिने होईन बरु हिजो चोईटिएकाहरु जोडिने सम्भावना देखेको छु ।’
को हुन् प्रत्यासी ?
कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तपछि जिल्ला नेतृत्वका लागि वोमबहादुर खड्का , सोमनाथ सापकोटा, वालसिंह काउछा, जंग नेपाली, हिरा एसी गणेश श्रीपाली , जिवन खरेल, कृष्ण घिमिरेको नाम चर्चामा छ । नेपाली र श्रीपाली केन्द्र सरकारका मन्त्रीहरुको स्वकीय सचिव रहेकोले उनिहरु आकांक्षी हुने हुन वा होईनन हेर्न बाँकी छ । पन्त र सापकोटा दुवै जनप्रतिनिधी रहेकोले जिल्ला पार्टी हाँक्न चाहन्छन कि चाहन्न ? त्यो पनि बुझ्न बाँकी छ । पुरानो पंक्तिबाट कमलराज श्रेष्ठ , लक्ष्मण पराजुली, टिकाराम सापकोटा सशक्त नेतृत्व हाँक्न सक्ने् नेताका रुपमा चिनिन्छन् । उता, माओवादी पार्टीका ईञ्चार्ज र सह ईञ्चार्ज क्रमशः दिनेश पन्थी र सुदर्शन बराल प्रदेश सांसद र एक जना वराल मन्त्री समेत भई सकेका छन् । उनीहरुले नेतृत्व छाडे संयोजक र सह संयोजकहरु एकिकृत पार्टीको नेतृत्व दावी गर्नु स्वभाविक हो । जिल्ला संयोजक विरबहादुर कार्की वडाध्यक्षको टिकट पाएर पराजित भएका थिए । सह संयोजक वुद्धिबहादुर जिसी क्षेत्र नम्वर २ को संघयि सांसदको टिकट पाएर पनि वाम एकताका कारण छाड्न बाध्य भएका थिए ।
अर्का सह–संयोजक युवराज केसी चन्द्रकोट गाउँपालिकाको प्रमुखमा टिकट पाएपनि पराजित भएर बसेका छन् । सह सयोजक .निमबहादुर पाण्डे रुरु रेसुङ्गा संरक्षण तथा विकास समितिको अध्यक्ष वाहेक हरु अवसर पाएका छैनन् । चित्रबहादुर केसी पनि पिछडा गाउँ भनेर चिनिने साविकको क्षेत्र नम्वर १ का हुन् उनले पनि अवसर पाएका छैनन् । जैसीथोकका गोपास केसी विप्लवबाट पार्टी एकिकरण गरी सह संयोजक बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण