‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 'क्वालिटी' ब्रान्डको ब्याच नम्बर ३० को मुँगको दाल न्यून स्तरको फेला परेपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
- प्रयोगशाला परीक्षणमा उक्त दाल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यून स्तरको पाइएको हो ।
- विभागले उपभोक्ताहरूलाई उक्त ब्याच नम्बर उल्लेख भएको दाल खरिद तथा उपभोग नगर्न सचेत गराएको छ ।
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘क्वालिटी’ ब्रान्डको ब्याच नम्बर ३० उल्लेख भएको मुँगको दाल न्यून स्तरको फेला परेपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनका क्रममा सङ्कलन गरिएको उक्त दालको नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाइएपछि विभागले बिक्री–वितरणमा समेत रोक लगाएको हो ।
विभागले २०८३ असार ३१ गते एक सूचना जारी गर्दै कास्कीको पोखरास्थित ‘गृहिणी एग्रो प्रोडक्ट’ द्वारा उत्पादित उक्त ब्रान्डको दाल बजारबाट तत्काल फिर्ता लिन उत्पादकलाई निर्देशन दिएको छ ।
विभागका अनुसार प्रयोगशाला परीक्षणमा उक्त दाल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) को प्रावधान विपरीत न्यून स्तरको पाइएको हो ।
ऐनको दफा ३८ (२) बमोजिम विभागले उक्त ब्याच नम्बर ३० का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र सोही दफाको उपदफा (४) बमोजिम यसको बिक्री वितरण नगर्न/नगराउन उत्पादक तथा विक्रेताहरूलाई आदेश दिएको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा जारी गरिएको यस आदेशको अवज्ञा गरी बिक्री वितरण जारी राखेमा प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
साथै, विभागले उपभोक्ताहरूलाई उक्त ब्याच नम्बर उल्लेख भएको दाल खरिद तथा उपभोग नगर्न समेत सचेत गराएको छ ।
_QXXzBH41RA.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण