फरक-फरक स्थानमा डुबेर तीन जनाको मृत्यु
काठमाडौँ । बाराको आदर्शकोतवाल गाउँपालिका–८ बोहा टोलस्थित जमुनी खोलामा डुबेर सोही ठाउँ बस्ने राम नारायण प्रसाद कुशवाहाकी छोरी ५ वर्षीय सोहानी कुमारी कुशवाहाको सोमबार दिउँसो मृत्यु भएको छ ।
यता बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बस्ने राजपती थारुको छोरा ९ वर्षीय कात्तिक थारुको बैजनाथ गाउँपालिका–२ स्थित बालुवा खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा मिथिला विहारी नगरपालिका–१ स्थित महरानी इट्टा उद्योग नजिक खेतमा रहेको पानी जमेको खाल्डोमा डुबेर गणेशमान चारनाथ नगरपालिका–२ लखनपुर घर भएका घुरन साहकी छोरी ७ वर्षीय रोमा साहको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण