विद्यार्थीको दाँत नै झर्ने गरी शिक्षिकाको कुटाई
गुल्मी – गुल्मीमा एक विद्यालयका शिक्षिकाको कुटाईबाट एक बालक घाइते भएका छन् ।
सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक बिद्यालयको कक्षा ५ मा पढ्ने अनमोल जिसी शिक्षिकाको कुटाईबाट घाइते भएका हुन् ।
बिद्यालयमा पढ्न गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुट्दा दाँत भाँचिएको हो । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछि घटना खुलेको हो ।
घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाँच्चिएको बालकले अभिभावकलाई बताएको बालककी अभिभावक मिना जिसीले बताइन् ।
घट्नाबारे बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट गल्ती भएको बताए । उनले घटना थाहा पाउनसाथ शिक्षिकासँग सोधपुछ गरिएको र उनले गल्ती स्वीकारेको बताए ।
सोहि बिद्यालयमै केहि वर्ष पहिले शिक्षकको कुटाईबाट एक जना बिद्यार्थीको कानको जाली फुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण