ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
मङ्गलबार, १३ कात्तिक २०८१, २० : २८

काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- लमजुङ, बेसिशहर नगरपालिका-२ गैरी बस्ने ५८ वर्षीया गीता देवी पराजुली सोही ठाउँस्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- दार्चुला, व्याँस गाउँपालिका-४ मुलघट्टीस्थित महाकाली नदीको किनारमा सोही गाउँपालिका-३ सिना बस्ने ८० वर्षीय कल्याण डडाल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-३१ लामाश्वारा बस्ने ८४ वर्षीया मंगली कामी सोही महानगरपालिका-३१ जुरेथुम्की जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोल बाजेपोखरी डेरा गरी बस्ने दोलखा भिरकोट घर भएका २९ वर्षीय शुभराज काफ्ले आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ