ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
मङ्गलबार, १३ कात्तिक २०८१, २० : २८
काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- लमजुङ, बेसिशहर नगरपालिका-२ गैरी बस्ने ५८ वर्षीया गीता देवी पराजुली सोही ठाउँस्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- दार्चुला, व्याँस गाउँपालिका-४ मुलघट्टीस्थित महाकाली नदीको किनारमा सोही गाउँपालिका-३ सिना बस्ने ८० वर्षीय कल्याण डडाल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-३१ लामाश्वारा बस्ने ८४ वर्षीया मंगली कामी सोही महानगरपालिका-३१ जुरेथुम्की जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोल बाजेपोखरी डेरा गरी बस्ने दोलखा भिरकोट घर भएका २९ वर्षीय शुभराज काफ्ले आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण