कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते
हेटौंडा । हेटौंडामा कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा चोकमा कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका हुन् ।
चौघडाबाट हेटौंडाबजार तर्फ आउँदै गरेको बा१३च २००७ नम्बरको कारले सोही दिशा तर्फबाट आउँदै गरेको ना ६४ प २८३६ नम्बरको स्कुटर, बा.प्र–०३–००४६ प ०२५७ नम्बरको स्कुटर र पैदल यात्री समेतलाई ठक्कर दिएको थियो ।
शुक्रबार दिउँसो १ः४५ बजेको समयमा सानोपोखरा चोकमा उक्त कारले २ स्कुटरसहित पैदल यात्री बारा कोल्बी–१ बस्ने २३ वर्षीय दिप नारायण चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरीले नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ना६४प २८३६ को चालक हेटौंडा–५ बस्ने ३० वर्षीय नारायण तिमल्सिना, स्कुटर पछाडि सवार २७ वर्षीया अस्मिता सापकोटा, कारमा सवार गोडाइता–५ २८ वर्षीय रन्जित कुमारी शाह, उनको ३ वर्षीय छोरा कुशल रौनियार घाइते भएका छन् ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण