नेपाल संवत् नेपाली माटाेको संवत् : प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटाेको संवत् भएको बताएका छन् ।
नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् । उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाल संवत्को ११४५ औँ वर्ष हो । यो हाम्रो आफ्नो संवत् हो । आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरूबाट उब्जिएको संवत् हो । यो हाम्रो आफ्नै संवत् हो । हाम्रो आफ्नै भाषा,आफ्नै सभ्यता, आफ्नै संस्कृति, नेपाल भाषा, खास गरी उपत्यकाको नेवार सभ्यता र यहाँको संस्कृति दुनियाँका लागि असाधारण र अनुपम छ ।’
‘नेपाली संस्कृति भन्दा,नेपाली परिकार, वाद्यवादन भन्दा पहिला नेवारी संस्कृति र नेपाल भाषा आउँछ । नेवारी संस्कृति आउँछ । कक्षामा कुन कुन भाषालाई ऐच्छिक भाषामा राखिएको छ र नेवार वा नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्ने भनेर मन्त्रीपरिषद्मा छलफल गर्नेछु र अरू भाषा ऐच्छिक भाषामा राखिएको छ भने नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्दा कुनै नोक्सान हुँदैन । त्यसमा मेरो ध्यान गएको छ,’ उनले थपे ।
प्रधानमन्त्री ओलीले संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण