गण्डकीसँग हारेसँगै उपाधि होडबाट बाहिरियो कर्णाली प्रदेश
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई दुई विकेटले पराजित गरेको छ ।
उक्त नतिजापछि कर्णाली प्रदेश उपाधि होडबाट बाहिरिएको छ । चार खेल खेलेको कर्णाली प्रदेशको यो लगातार चौथो हार हो । टस जिती ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ३८.१ ओभरमै अलआउट हुनुअघि एक सय एक रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने २६.१ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । गण्डकी प्रदेशको जितमा रोहित चन्दले २२ रनको योगदान गरे । सिबरिन श्रेष्ठले पनि टोलीको खातामा १९ रन थपे ।
सुपरिम सुनारले १५ रन बनाए । ओपनर सोहेल कुँवरले १२ रन जोडे । सुदीप अर्याल ६ र अपराजित पौडेल पाँच रनमा अविजित रहे । कर्णाली प्रदेशका बलर युनिस ठकुरीले चार विकेट लिए । अनुज चनराले पनि दुई विकेट हात पारे ।
त्यसअघि, कर्णाली प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । अरविन्द घर्तीले टोलीको खातामा ४६ रनको योदान गरे । उनले ७१ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान हिराला चनरा ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
तल्लो क्रमका ब्याट्सम्यान विजय बोहरा १७ रनमा अविजित रहे । कर्णाली प्रदेशका माथिल्ला चार ब्याट्सम्यानले त एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । कप्तान समेत रहेका ओपनर मनिष थापा आठ रन बनाउँदै आउट भए भने अर्का ओपनर अनिरुद्ध कवरले खातासम्म खोल्न सकेनन् ।
गण्डकी प्रदेशका बलर अपराजित पौडेल एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल १९ रन खर्चिए । सिबरिन श्रेष्ठले पनि तीन विकेट हात पारे । सुदिप अर्यालले पनि दुई विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण