सुदूरपश्चिमको फाइनल प्रवेश सम्भावना बलियो, बाहिरियो बागमती प्रदेश
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पाँच विकेटले हराएको छ ।
जितसँगै सुदूरपश्चिम प्रदेशले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । सुदूरपश्चिम प्रदेशले पाँच खेलबाट आठ अंक बटुलेको छ । तालिकाको दोस्रो स्थानमा आसिन सुदूरपश्चिम प्रदेशले अझै एक खेल खेल्न बाँकी छ । सुदूरपश्चिम प्रदेशले चार जित र एक हारको नतिजा निकालेको छ ।
आफूले खेलेको पाँचवटै खेलमा जित हात पारेको लुम्बिनी प्रदेश भने १० अंकसहित यसअघि नै फाइनलमा पुगिसकेको छ । हालको स्थितिमा सहभागी अन्य टोलीमध्ये मधेस प्रदेशले मात्र आठ अंक बटुल्न सक्ने सम्भावना देखिन्छ । मधेस प्रदेशले चार खेलबाट चार अंक जोडेको छ । मधेस प्रदेशले अझै दुई खेल खेल्न बाँकी छ ।
सुदूरपश्चिम प्रदेशसँग पराजित भएपछि बागमती प्रदेश भने उपाधि होडबाट बाहिरिएको छ । पाँचौँ खेल खेलेको बागमती प्रदेशको यो तेस्रो हार हो । बागमती प्रदेशले हालसम्म चार अंक जोडेको छ । तर, बागमती प्रदेशले अब एक खेलमात्र खेल्न बाँकी छ ।
आइतबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले ४१ ओभरमा अलआउट हुनुअघि एक सय २९ रनमात्र बनाउन सको थियो । जवाफमा सुदूरपश्चिम प्रदेशले भने २८.५ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय ३१ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
सुदूरपश्चिम प्रदेशका लागि प्रकाश पाण्डेले अविजित ५२ रनको योगदान गरे । उनले ५४ बलको सामना गरी आठवटा चौका पनि हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेन भट्टले पनि टोलीका लागि ३८ रनको योगदान गरे । उनले ५८ बलमा चार चौका प्रहार गरे ।
ओपनर ब्याट्सम्यान अविषेक थापाले पनि १४ रन बनाए । दीपक रोकाया १२ रनमा अविजित रहे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि १२ रन पायो । बागमती प्रदेशका बलर दीपक सेरलाले दुई विकेट लिए । दयानन्द मण्डल, रोसन विश्वकर्मा र अथर्व पौडेलले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, बागमती प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरेका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उत्तम मगरले २६ रन बनाए । कप्तानसमेत रहेका उत्तमले ३९ बलको सामना गरी पाँच चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान सार्थक धितालले ११ रन थपे ।
बागमती प्रदेशको साख भने केही हदसम्म सातौँ नम्बरमा क्रिज समाल्न आएका रोसन विश्वकर्माले जोगाएका थिए । उनले टोलीलाई लज्जास्पद स्कोरमा समेटिनबाट बचाएका थिए । उनले टोलीका लागि अविजित ५६ रनको योगदान गरेका थिए । रोसनले ७१ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे ।
बागमती प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा १७ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर युवराज खत्रीले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ५१ रन खर्चिए । हेमन्त धामी, सचिन भट्ट, नरेन साउद र अशोक धामीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण