कर्णाली प्रदेशले मधेस प्रदेशलाई दियो १३४ रनको लक्ष्य
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३४ रनको लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ४५ ओभरमा अलआउट हुनुअघि एक सय ३३ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा मधेस प्रदेश र कर्णाली प्रदेश दुवैले आफ्नो पाँचौँ खेल खेल रहेका हुन् ।
चार खेलबाट चार अङ्क बटुलेको मधेस प्रदेश तालिकाको चौथो स्थानमा आसीन छ । कर्णाली प्रदेश भने यसअघि खेलिएको चारवटै खेलमा पराजित भएको छ । कर्णाली प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । मधेस र कर्णाली प्रदेश दुवैले यसपछि पनि एक–एक खेल खेल्न बाँकी छ ।
सोमबारको खेलमा पनि कर्णाली प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका हिराला चनराले सर्वाधिक ४५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान चनराले ६० बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान मनिष थापाले टोलीको खातामा २२ रनको योगदान गरे । उनले ३४ बलमा पाँच चौका पनि प्रहार गरे । युनिस ठकुरीले टोलीको खातामा २१ रन थपे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
ओपनर अनिरुद्ध कवर दुई, कमल विष्ट चार, हिक्मत शाही सात, अरविन्द घर्ती नौ रन बनाउँदै पेभेलियन फर्किए । कर्णाली प्रदेशले अतिरिक्त रूपमा पनि १६ रन पायो । मधेस प्रदेशका बलर राजेश यादवले चार विकेट लिए । अफरुद्दित अन्सारीले पनि तीन विकेट हात पारे । रञ्जित कुमारले दुई विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण