स्कटल्यान्डविरुद्ध नेपालले पायो ब्याटिङको निम्तो
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्डरिुद्धको खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्ग्टनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।
उक्त शृङ्खलामा नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसै शृङ्खलामा तीन खेल खेलेको नेपालले एक खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।
यता स्कटल्यान्ड भने तेस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि स्कटल्यान्डले अमेरिकालाई १० विकेट र ७१ रनको पराजित गरेको थियो । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका छन् । चोटका कारण उनीहरूले स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका हुन् । उनीहरूका स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई समावेश गरिएको छ ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, ललित राजबंशी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने र रिजन ढकाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण