दाहसंस्कार स्थल व्यवस्थित गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले भेरी नदीको दाहसंस्कार स्थललाई व्यवस्थित गर्न लागेको छ । त्यसका लागि एक करोड ५० लाख रकम विनियोजन गरिएको मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिए ।
लामो समयदेखि दाहसंस्कारको रूपमा प्रयोग गरिँदै आएपनि भेरी पुल नजिकको क्षेत्र व्यवस्थित नहुँदा समस्या भइरहेको थियो ।
दाहसंस्कारको लागि प्रयोग भइरहेको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत पर्ने भेरी पुल आसपासको क्षेत्रलाई थप व्यवस्थित गरी सुविधा सम्पन्न बनाउन वीरेन्द्रनगर नगरपालिकाबाट कार्यान्वयन हुने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको मुख्यमन्त्री कँडेलले बताए ।
व्यवस्थित आर्यघाट बनाउन वीरेन्द्रनगर नगरपालिका, वन कार्यालय र सरोकारवालाहरूसहितको टोलीले मंगलबार स्थलगत अवलोकन समेत गरेको छ ।
मुख्यमन्त्री कँडेलले उक्त क्षेत्रमा उचित स्थानको छनोटको लागि प्राविधिक टिमलाई निर्देशन समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द