प्रा डा पाठकको ८१ वर्षको उमेरमा निधन
मङ्गलबार, २० कात्तिक २०८१, २२ : २२
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका सदस्य एवं आणविक रसायनविद् प्रा डा तुलसीप्रसाद पाठकको ८१ वर्षको उमेरमा निधन भएको छ ।
उनका मित्र प्रा डा उपेन्द्र कोइरालाले दिएको जानकारीअनुसार सोमबार बेलुका १०ः१५ राजधानीको ॐ हस्पिटलमा उनको निधन भएको हो । उनमा लामो समयदेखि छातीको समस्या तथा निमोनियाका साथै पछिल्लो समय दुवै मिर्गाैलाले काम गर्न छोडेको थियो ।
विसं २००० को भाइटीकाका दिन जन्मिएका उनी विगतमा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र (रिकास्ट) को प्रमुखसमेत रहेका थिए भने पछिल्लो समय उनी विज्ञान सङ्कायको डिन छनोट समितिको संयोजकसमेत थिए ।
हाल अस्ट्रेलियामा रहेका दुई छोरा स्वदेश फर्केपछि प्रा डा पाठकको दाहसंस्कार हुने जानकारी प्राप्त भएको डा कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण