प्रा डा पाठकको ८१ वर्षको उमेरमा निधन
मङ्गलबार, २० कात्तिक २०८१, २२ : २२

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका सदस्य एवं आणविक रसायनविद् प्रा डा तुलसीप्रसाद पाठकको ८१ वर्षको उमेरमा निधन भएको छ ।
उनका मित्र प्रा डा उपेन्द्र कोइरालाले दिएको जानकारीअनुसार सोमबार बेलुका १०ः१५ राजधानीको ॐ हस्पिटलमा उनको निधन भएको हो । उनमा लामो समयदेखि छातीको समस्या तथा निमोनियाका साथै पछिल्लो समय दुवै मिर्गाैलाले काम गर्न छोडेको थियो ।
विसं २००० को भाइटीकाका दिन जन्मिएका उनी विगतमा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र (रिकास्ट) को प्रमुखसमेत रहेका थिए भने पछिल्लो समय उनी विज्ञान सङ्कायको डिन छनोट समितिको संयोजकसमेत थिए ।
हाल अस्ट्रेलियामा रहेका दुई छोरा स्वदेश फर्केपछि प्रा डा पाठकको दाहसंस्कार हुने जानकारी प्राप्त भएको डा कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू