कोशी प्रदेशमा अब दुई मन्त्रालय खाली, मन्त्री नियुक्त हुन अझै समय लाग्ने
विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालय मन्त्रीविहीन भएका छन् । यसअघि नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा कांग्रेसकै आन्तरिक विवादका कारण मन्त्री नियुक्त हुन सकेको थिएन भने बुधबार एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि सो मन्त्रालय पनि मन्त्रीबिहीन बनेको हो ।
दुवै मन्त्रालयमा छिट्टै मन्त्री नियुक्त हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । संचारकर्मीसँगको छोटो कुराकानीका क्रममा उनले रिक्त रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नै सम्हालिरहेको बताए । बुधबारबाटै रिक्त भएका आन्तरिक मामिला मन्त्रालयमा भएमध्येकै मन्त्रीमण्डलका एक जना सदस्यलाई जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले बताए ।
‘रिक्त रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नै सम्हाल्ने गरी जिम्मेवारी दिएका छौँ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजीनामा दिएपछि त्यो मन्त्रालय रिक्त हुँदैछ । त्यसमा तत्काल हामी भएकै मन्त्रीमण्डलमध्येबाट कसैले हेर्छौँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘अब ती दुई वटै मन्त्रालयमा सरसल्लाह गरेर चाँडै नियुक्त गर्छौं ।’
कोशी प्रदेशमा कुल ९ वटा मन्त्रालय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण