ट्रम्पको जितमा इरानले दियो यस्तो प्रतिक्रिया

वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई अस्वीकार गरेका छन् ।
इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो लागि केही अर्थ राख्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै धेरै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’
सन् २०१६ मा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबिच बाराक ओबामाको कार्यकालमा परमाणु सम्झौता भएको थियो । ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन पछि इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका नभएको समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
-
बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
इजरायल र इरानमा रहेका नेपालीको उद्धारका लागि फारम भर्न थालियो