ट्रम्पको जितमा इरानले दियो यस्तो प्रतिक्रिया
वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई अस्वीकार गरेका छन् ।
इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो लागि केही अर्थ राख्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै धेरै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’
सन् २०१६ मा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबिच बाराक ओबामाको कार्यकालमा परमाणु सम्झौता भएको थियो । ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन पछि इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका नभएको समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण