कांग्रेसबाट ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा सरदार
बिहीबार, २२ कात्तिक २०८१, ११ : १६
विराटनगर । नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार पूर्व महासमिति सदस्य बलराम सरदारलाई बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा आज बसेको बैठकले नेपाली कांग्रेस मोरङका सल्लाहकार सदस्यसमेत रहेका सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिए । कांग्रेसबाट १७ जना आकांक्षी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण