धान र चामलको आयात घट्यो

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा धान र चामलको आयात घटेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक २०८१/०८२ वर्षको तीन महिना (साउन, भदौ र असोज) मा १ अर्ब रुपैयाँ बराबरको धान तथा चामलको आयात घटेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ । सो रकम बराबर ७४ हजार ३३ मेट्रिक टन धान आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा ५ अर्ब ६० करोड २३ लाख रुपैयाँको धान तथा चामल आयात भएको थियो । सो अवधिमा १ लाख ९ हजार मेट्रिक टन धान चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि सो वर्ष नेपालबाट १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, सोही वर्षमा ३ लाख १९ हजारको धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म