धान र चामलको आयात घट्यो
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा धान र चामलको आयात घटेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक २०८१/०८२ वर्षको तीन महिना (साउन, भदौ र असोज) मा १ अर्ब रुपैयाँ बराबरको धान तथा चामलको आयात घटेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ । सो रकम बराबर ७४ हजार ३३ मेट्रिक टन धान आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा ५ अर्ब ६० करोड २३ लाख रुपैयाँको धान तथा चामल आयात भएको थियो । सो अवधिमा १ लाख ९ हजार मेट्रिक टन धान चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि सो वर्ष नेपालबाट १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, सोही वर्षमा ३ लाख १९ हजारको धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण