पाकिस्तानले अस्ट्रेलियालाई उसैको घरमा हरायो, शृंखला रोचक मोडमा
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली पाकिस्तानले शुक्रबार अस्ट्रेलियालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै पाकिस्तानले तीन खेलको शृंखलालाई १–१ को बराबरीमा ल्याएको छ ।
अब शृंखलाको तेस्रो तथा अन्तिम खेल रोचक बन्ने भएको छ । यसअघि मेलबर्नमा खेलिएको पहिलो खेलमा घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानलाई दुई विकेटले पराजित गरेको थियो । शृंखलाको तेस्रो खेल आगामी आइतबार पर्थमा खेलिने छ ।
एडलेइडमा शुक्रबार खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३५ ओभरमै अलआउट हुनुअघि एक सय ६३ रनमात्र बनाउन सकेको थियो । जवाफमा पाकिस्तानले भने २६.३ ओभरमै केवल एक विकेट गुमाएर एक सय ६९ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो ।
पाकिस्तानको सजिलो जितमा दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर सइम अयुबले ८२ रन बनाए । उनले केवल ७१ बलको सामना गरी ६ छक्का र पाँच चौका पनि हिर्काए । २२ वर्षीय अयुबले एकदिवसीय क्रिकेटमा बनाएको यो पहिलाे अर्धशतक हो ।
यसैगरी, अर्का ओपनर अब्दुल्लाह सफिकले पनि टोलीका लागि अविजित ६४ रनको योगदान गरे । उनले ६९ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए । २४ वर्षीय अब्लुल्लाह सफिकले एकदिवसीय क्रिकेटमा बनाएको यो पाँचाैँ अर्धशतक हो ।
सइम अयुब र अब्दुल्लाह सफिकले ओपनिङ विकेटका लागि एक सय ३७ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान बाबर आजमले पनि टोलीको खातामा अविजित १५ रन थपे । अस्ट्रेलियाका बलर एडम जाम्पाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि स्टिभन स्मिथले सर्वाधिक ३५ रन बनाएका थिए । उनले ४८ बलमा एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । ओपनर ब्याट्सम्यान म्याथ्यू सर्टले पनि टोलीको खातामा १९ रन थपे ।
यसैगरी, विकेटकिपर ब्याट्सम्यान जस इङ्लिस र तल्लो क्रमका ब्याट्सम्यान एडम जाम्पाले १८–१८ रन बनाए । ग्लेन म्याक्सवेल १६ रन बनाउँदै पेभेलियन फर्किए । एरोन हार्डलीले १४ तथा ओपनर ज्याक फ्रासर म्याकगर्क र कप्तान प्याट कमिन्सले १३–१३ रन बटुले ।
पाकिस्तानका बलर ह्यारिस रौफ एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा केवल २९ रन खर्चिएका थिए । साहिन शाह अफरिदीले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मूलधारका राजनीतिक दल र नेतृत्वप्रति जनताको भरोसा देखियो’
-
उपचुनावको लज्जास्पद नतिजापछि राप्रपामा हलचल, निशानामा लिङ्देन
-
ओलीको चीन भ्रमण उपलब्धिविहीन : प्रभु साह
-
राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
-
कहिले कांग्रेस, कहिले एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भएको छः वर्षमान
-
बङ्गलादेशमा हिन्दुहरूमाथि गरिएको अमानवीय व्यवहारबारे संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण