बागलुङमा दम्पती मृत फेला, प्रहरीले थाल्यो अनुसन्धान
बागलुङ । बागलुङको बडिगाडमा श्रीमान्श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् ।
बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ । गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेको उनको भनाइ छ । अहिलेसम्म के भएर मृत्यु भएको पत्ता नलागेको भन्दै अनसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए । उनले भने, “श्रीमान् पोखरामा काम गर्नुहुँदो रैछ, केही दिन अगाडि आउनुभएको रहेछ, साँझ घरमा सँगै खाना खानुभएको रहेछ, केही खाना बाँकी रहेको देखियो, घटना कसरी भयो, अहिलेसम्म पत्ता लागेको छैन, हामीहरुले अनुसन्धान गरिरहेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बोमा ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्डमाथि चिनियाँ–श्रीलङ्काली पाठक मञ्च सम्पन्न
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण