दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
शनिबार, २४ कात्तिक २०८१, १६ : २६
काठमाडौँ । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सञ्जीव गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण