जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
शनिबार, २४ कात्तिक २०८१, १६ : ४१
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका ३६ वर्षीय दीपक लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ११ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २३ हजार रुपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण