किङ्गफिसरको ‘गुड टाइम्स्’ नेपालमा
काठमाडौँ । एशियाकै ठूलो बियर कम्पनीहरु मध्ये एक युनाइटेड ब्रुअरीज लिमिटेडले किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग नेपाली बजारमा ल्याएको छ ।
यति ब्रुअरीसँगको सहकार्यमा उक्त ब्राण्ड नेपाल भित्रिएको हो ।
युनाइटेड ब्रुअरीज लिमिटेड हाइनिकेन एनभीसँगको संयुुक्त उद्यम हो ।
युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको जनाएको छ ।
किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोगद्वारा गरिन्छ ।
युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिले कार्यक्रममा भने, “किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड हो । किङ्गफिसरले हालै आफ्नो विस्तार योजना अनुरुप नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङ्गफिसर प्रिमियम र किङ्गफिसर स्ट्रङ्गको सुरुवातसँगै आफ्नो उपस्थिति प्रस्तुत गरेको छ । यति ब्रुअरीसँगको सहकार्यले हामीलाई अझ बढी उत्साहित तुल्याएको छ र हामीलाई यो विश्वास छ कि हाम्रो “गुड टाइम्स्” को प्रतीकात्मकतालाई फलदायी बनाउने छ ।”
त्यसै गरी यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले किङ्गफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु वियर उद्योगका लागि एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए ।
नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एम एल को बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य रु. २७५ रहेको छ ।
त्यसै गरी ५०० एम एल को क्यानको मूल्य रु. २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एम एल बोटलको मूल्य रु. २३५ तथा क्यानको मूल्य रु. १८० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण