आईसीसी यू–१९ महिला विश्वकप छनोट : नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबार हुने आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डविरद्ध टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
जारी प्रतियोगितामा नेपाल र थाइल्यान्ड भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । हालसम्मको नेपालले दुई जित र एक हारको नतिजा निकालेको छ ।
नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने नेपाली टोली यूएईसँग १३ रनले पराजित भएको थियो ।
प्रतियोगितामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली यू–१९ विश्वकपमा छनोट हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण