विराटनगरले सजिलै हरायो राजविराजलाई, शृंखलामा २–० को अग्रता
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा जारी प्रथम नेपाल हव महिला टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा विराटनगर हब महिला टोली विजयी भएको छ ।
विराटनगर हव महिला टोली र राजविराज हव महिला टोलीबिच खेलिएको तीन खेलको शृंखलामा विराटनगरले २–० को अग्रता पनि लिएको छ । अन्तिम खेल सोमबार हुने जानकारी प्रतियोगिताका संयोजक मन्दिप साहले दिए ।
आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय १२ रन बनाएको थियो ।
विराटनगरका लागि प्रिन्सा मगरले २८ रन बनाए । काजल राजवंशीले २०, टिका साहले १६ र सानु राजवंशीले १२ रनको योगदान गरिन् । राजविराजका बलर अपेक्षा यादव र साक्षी यादवले तीन–तीन विकेट हात पारे ।
जवाफी ब्याटिङमा ओर्लिएको राजविराजले ९.५ ओभरमै अलआउट हुनुअघि ४२ रनमात्र बनाउन सकेको थियो । राजविराजले अतिरिक्त रुपमा २४ रन पाएको थियो । राजविराजका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरकी टिका साह एक्लैले चार विकेट लिइन् । उनले १.५ ओभरमा केवल दुई रन खर्चिइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । सुवेक्षा लिम्बुले पनि दुई विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण