लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार छ : मुख्यमन्त्री पाण्डे
नवलपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन् । आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
“तपाईँहरुको लगानीमा कुनै सुरक्षाको खतरा छ भने त्यो मलाई भन्नुस्”, उनले भने, “सुरक्षाको ग्यारेन्टी गर्छौँ ।” निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उनले बताए ।
गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा गण्डकी प्रदेश सरकारको ऐन कानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको उनले उल्लेख गरे ।
उनले महोत्सवहरुले उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए । प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन त्रिवेणी कोरला नाका सञ्चालन गर्नुपर्ने र त्यसका लागि पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारसँग पहल भइरहेको उनले बताए ।
भारत र चीनसँग व्यापार गर्ने सबैभन्दा छोटो नाकाको रुपमा त्रिवेणी कोरला नाका भएकाले पूर्वाधार निर्माण र सडक स्तरोन्नति गरिरहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको सुझाव छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय वटा स्टलहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण