एकै दिनमा ५ जना फरार प्रतिवादी पक्राउ
मङ्गलबार, २७ कात्तिक २०८१, ०९ : ५५
रौतहट । रौतहटका विभिन्न स्थानबाट सोमवार एकै दिन ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार जुवा मुद्दामा दोषी ठहर भएका गरुडा नगरपालिका ६ पोठीयाहिका साह कानु, अभद्र व्यवहार मुद्दामा दोषी ठहर देवाही गोनाही नगरपालिका ७ का राकेश भन्ने रुपेश यादव, रमेश ठाकुर, विजय भन्ने सञ्जय यादव र विवेक यादवलाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरिएको हो।
पक्राउ परेका ५ जनालाई फैसला कार्यान्वयन लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण