भारतीय अभिनेता श्रीकान्त नेपालमा, गरे बूढानीलकण्ठको दर्शन
मङ्गलबार, २७ कात्तिक २०८१, १० : ०६
काठमाडौँ । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता श्रीकान्त मेका अहिले नेपालमा छन् । उनी पत्नी र दुई सहयोगी सहित सोमबार काठमाडौँ आएका हुन् । सोमबार साँझ पशुपतिनाथ मन्दिरमा दर्शन गरेका उनले आज मंगलबार बूढानीलकण्ठ मन्दिरको दर्शन गरेका छन् ।
उनले बूढानीलकण्ठको दर्शन गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुरस्कर लामाले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै जानकारी दिएका हुन् ।
मंगलबार जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कार्यक्रममा बनाएका श्रीकान्त त्यतैबाट भारत फर्किने बताइन्छ ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको निम्तोमा नेपाल घुम्न आएका उनले तेलुगु, तामिल, कन्नडा र मलायलम लगायतका थुप्रै फिल्म अभिनय गरेका छन् । राम चरण र कियारा आडवाणी अभिनीत फिल्म ‘गेम चेन्जर’मा पनि श्रीकान्त देखिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण