यू–१९ महिला विश्वकप छनोट क्रिकेट : कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार नेपालले कुवेतविरुद्ध टस जिती पहिले ब्याटिङको निर्णय लिएको छ ।
जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो पाँचौँ खेल हो । नेपालले यसअघि खेलिएको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो ।
आफ्नो तेस्रो खेलमा भने नेपाली टोली आयोजक यूएईसँग १३ रनले पराजित भएको थियो । नेपाली टोलीले आफ्नो चौथो खेलमा थाइल्यान्डलाई एक सय ६ रनको सजिलो जित हात पारेको थियो । जारी प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ ।
सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली आईसीसी यू–१९ महिला विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण