लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : ०१
भक्तपुर । भक्तपुरबाट लागुऔषधसहित एक जना मेडिकल व्यवसायी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ मा रहेको राज मेडिकलका सञ्चालक ३६ वर्षीय राजनारायण साहलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेडिकलमा लागुऔषध बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीलाई उनलाई पक्राउ गरेको थियो । मेडिकलमा चेकजाँच गर्दा विभिन्न चार प्रकारका लागुऔषध फेला परेको नेउपानको भनाई छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका साहलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण