खाजा घरमा काम गर्दै आएका १४ वर्षीय बालकको उद्धार
काठमाडौँ । एक खाजा घरमा काम गर्दै आएका १४ वर्षीय बालकको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार कार्यदलले काठमाडौँ महानगरपालिका–१ स्थित हात्तिसारमा रहेको आईएस मःम एण्ड खाजा घरमा जोखिमपूर्ण अवस्थामा काम गर्दै आएका बालकको उद्धार गरिएको हो ।
काठमाडौँ महानगरपालिका, बागमती श्रम तथा रोजगार कार्यालय, बालबालिका खोजतलास सेवा (१०४) सहितको संयुक्त टोलीले उद्धार गरेको हो । उद्धार पश्चात् ती बालकलाई अस्थायी संरक्षण गृहमा राखिएको छ । उनलाई मनोविमर्श स्वास्थ्य उपचार लगायतका सेवा समेत प्रदान गरिएको हो ।
काठमाडौँ महानगरको प्रमुखको सचिवालय सदस्य धिरज जोशीले एकदम दयनीय अवस्थामा रहेका ती बालकको उद्धार गरिएको बताए । बिहानदेखि रातिसम्म काममा लगाउने, त्यसरी काम गराएवापत कुनै पारिश्रमिक नदिने, राति भुईँमै सुत्ने जस्तो अमानवीय व्यवहार देखिएपछि उद्धार गरिएको उनले बताए ।
काठमाडौँ महानगरपालिकाले हालसम्म २५ बालक र २७ बालिका गरी कुल ५२ जना बालबालिकाको उद्धार गरेको छ । महानगरले दोस्रो चरणको बाल उद्धार कार्य सुरु गरेसँगै ती बालकको उद्धार गरिएको हो ।
महानगरपालिकाले पहिलो चरणमा उद्धार भएका सबै बालबालिकाको घटना व्यवस्थापन कार्य सकाएपछि दोस्रो चरणको बाल उद्धार कार्य सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण