घुससहित अदालतका २ जना कर्मचारी पक्राउ
मङ्गलबार, २७ कात्तिक २०८१, १९ : १२
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
कपिलवस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे पक्राउ परेका हुन् । बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
२० हजार घुस रकम र स्रोत नखुेलेको छयानब्बे हजार आठ सय रुपैयाँसहित उनीहरुलाई कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित गौढी चोकबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण