कर छलीको आशङ्कामा बाहुबली कन्स्ट्रक्सनकाे आधा दर्जन टिप्पर प्रहरीको नियन्त्रणमा
काठमाडौँ । ललितपुरबाट काठमाडौँ आउँदै गरेको बाहुबली कन्स्ट्रक्सनको टिप्पर काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको देवीचौरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम गरिरहेको चिनियाँ कम्पनीलाई सप्लाई गर्न ‘बेस’ बोकेर आएको टिप्पर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाहुबली कन्स्ट्रक्सन प्रालिको ६ वटा टिप्पर नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कोटेश्वरका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘काठमाडौँ–१४ बल्खुको ठेगाना राखेर ललितपुरबाट सामान सप्लाई गरेको र नक्कली बिल बिजक बनाएको सुराकको आधारमा नियन्त्रणमा लिएका हौँ ।’
प्रहरीले बरामद गरेको बाहुबली कन्स्ट्रक्सनको भ्याट बिलमा प्रति टिप्पर माटो ‘बेस’को ४ हजार ५ सय उल्लेख गरिएको छ । साथै कन्स्ट्रक्सन आफैँले सप्लाईको काम गरेको र भिसिटिएस ‘भेहिक ट्रयाकिङ सिस्टम’ नराखेको भेटिएको छ ।
शंकास्पद कागजातको आधिकारिकता परीक्षण गरिने प्रहरीले जनाएको छ । बरामद भ्याट बिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसनलाई बेस सप्लाई गरेको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण