पाेखरा प्रदर्शन
पोखरामा आज पनि एमालेको प्रदर्शन, विशेष नगरसभा माग
बुधबार, २८ कात्तिक २०८१, १३ : ०२
पोखरा । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज पनि पोखरा महानगरपालिका घेरेका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि आन्दोलित छ ।
बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको पत्र बुझाउने दलका नेता राधिका शाहीले जानकारी दिइन् ।
'बिहीबार उपमेयर आउनुहुन्छ । सल्लाह गरेर लिखित माग गर्छौँ,' उनले भनिन् । नगरसभामा एमाले बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको बहुमत छ ।
यहाँका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । विशेष नगरसभा बोलाउन २५ प्रतिशतको समर्थन चाहिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण