आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्वाइलेटमा १० मिनेटभन्दा बढी बस्नुहुन्छ ? विज्ञहरूले दिएका छन् यस्ता चेतावनी

बुधबार, २८ कात्तिक २०८१, १६ : ३१
बुधबार, २८ कात्तिक २०८१

काठमाडौं । पछिल्लो समय ट्वाइलेट जाँदा अधिकांश मानिसहरू मोबाइल फोन बोकेरै जान थालेका छन् । तपाईमध्ये कतिजना यो लेख पढ्दा हातमा मोबाइल समातेर ट्वाइलेटको सिटमै हुनु होला । ट्वाइलेटमा २÷३ मिनेटको काम हुन्छ । मोबाइल फोनमा रिल्स र पोष्ट हेर्दाहेर्दै १५ मिनेट बितेको पत्तै हुन्न । यसरी ट्वाइलेटमा १० मिनेटभन्दा बढी समय बिताउँदा के नै हुन्छ ? भन्ने तपाईलाई लागिरहेको हुन सक्छ ।
 
तर विज्ञहरूले चाँहि लामो समयसम्म ट्वाइलेटमा बस्दा स्वास्थ्यमा असर पर्न सक्ने चेतावनी दिएका छन् । लामो समयसम्म यसरी बस्दा हेमोरोइड्स हुने र पेल्भिकको मांशपेशी कमजोर हुने जोखिम बढ्ने युनिभर्सिटी अफ टेक्सास साउथवेष्टर्न मेडिकल सेन्टरमा कोलोरेक्टर सर्जन डा. लाई सुई भन्छन् । बिरामीले आफूलाई गुनासो गर्दा अधिकांश समस्या ट्वाइलेटमा लामो समय बस्दा खेरि उत्पन्न भएको पाएको सुई बताउँछन् ।
 
धेरै बेरसम्म बस्दा हुन सक्छ भयानक बिमारी
 
एक पटक ट्वाइलेट जाँदा औसतमा ५ देखि १० मिनेट मात्रै बस्नु पर्ने स्टोनी ब्रुक मेडिसिनमा सहायक प्राध्यापक तथा इन्फ्लेमेटरी बावल डिजज सेन्टरका डा. फराह मोन्जुर भन्छन् । लामो समय बस्नु किन समस्या हो ? लामो समयसम्म बस्दा पेल्भिक एरियामा दबाब सृजना हुन सक्छ । जसका कारण एनलको मांशपेशी कमजोर हुन्छ र पेल्भिक फ्लोर डिसफंक्शन जस्ता रोग लाग्न सक्छ ।
 
ट्वाइलेटको सिट अन्डाकार हुन्छ । जसबाट बट कंप्रेस हुन्छ र रेक्टमको पोजिशन निकै तल आउँछ । गुरुत्वाकर्षणले शरीरको तल्लो हिस्सालाई तलतिर खिच्छ, जसका कारण नसामा दबाब पर्छ । ‘यो एकतर्फ भल्भ बन्छ, जहाँ रगत त आउँछ तर जाँदैन । यसबाट एनस र लोअर रेक्टम आसपासको नसा र रक्त तन्तु रगत भरिएर फुल्छन् । यसका कारण पायल्सको खतरा बढ्छ,’ डा. लाई जू भन्छन् ।
 
जर्बजस्ती दबाब गर्दा खतरा
 
मोन्जूर भन्छन् कि जर्बजस्ती दबाब गर्दा पायल्सको खतरा बढ्छ । ट्वाइलेटमा फोन स्क्रोल गरेर बसिराख्दा धेरैलाई समयको ध्यानै हुन्न । बस्दा बस्दा मांशपेशीमा दबाब पर्न थाल्छ । ‘हिजो आज ट्वाइलेटको सिटमा धेरै समय बिताउनेको संख्या तीव्र गतिमा बढिरहेको छ । अनि यो बानी एनोरेक्टल अर्गनहरू र पेल्भिक फ्लोरको लागि निकै अस्वस्थ छ ।’ उनले भनेका छन् ।
 
ट्वाइलेटको सिटमा बढी समय बिताउनबाट बच्न क्यालिफोनिर्यामा सिटी अफ होप अरेन्ज काउन्टीमा इन्टरभेंन्शनल ग्यास्ट्रोएन्टेरोलोविष्ट डा. लान्स उरादोमोले ट्वाइलेटबाहिर फोन पत्रिका र किताबलाई राख्न भनेका छन् । धेरैबेर बस्छु भन्ने सोचेर ट्वाइलेट जानै हुन्न भन्छन् मोन्जुर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?