हेलिकप्टरबाट गर्भवतीको उद्धार
बुधबार, २८ कात्तिक २०८१, २१ : २२
लमजुङ । यहाँको दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही ठाउँकी २७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट आज पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु(याई गुरुङको शल्यक्रिया गरी छोरी जन्मिएको उनले जानकारी दिए ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशमा सुत्केरी हुन नसकेका गर्भवतीलाई तत्काल बाहिर लैजानुपर्ने भएमा हेलिकप्टर उपलब्ध गराउँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताए । उनका अनुसार हाल चिकित्सकको निगरानीमा सो सुत्केरी र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण