सहकारी ठगी प्रकरण
रविलाई सरकारी वकिलको कार्यालयबाट निकालियो, आजै कास्की लैजाने तयारी
बिहीबार, २९ कात्तिक २०८१, २० : २८

बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रुपन्देहीमा तीन दिनदेखि चलेको बयान सकिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोपमा कास्कीबाट मंगलबार रुपन्देही ल्याएका उनको बयान आज (बिहीबार) सकिएको हो ।
रविको जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान १० बजेदेखि बयान लिएको थियो ।उनलाई अहिले जिल्ला सरकारी वकिलको कार्यालयबाट निकालिएको छ ।
तीन दिनसम्म बयान दिएका रविलाई बिहीबार साँझ नै रुपन्देहीबाट कास्की लैजाने प्रहरीले तयारी गरेको छ । बुद्ध एयरमार्फत बिहीबार नै पोखरा पठाउने तयारी रहेको रुपन्देही प्रहरीले जनाएको छ । बिहीबार नै रविलाई पोखरा लैजाने तयारी रहेको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली
-
सरकारको १११ बुँदे नीति तथा कार्यक्रमको प्राथमिकता के हो ?
-
बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ
-
महिलाहरू घरभित्रै असुरक्षित
-
गोकर्णेश्वर हत्या प्रकरण : ५ जना अभियुक्त पक्राउ
-
बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन