सहकारी ठगी प्रकरण
रविलाई सरकारी वकिलको कार्यालयबाट निकालियो, आजै कास्की लैजाने तयारी
बिहीबार, २९ कात्तिक २०८१, २० : २८
बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रुपन्देहीमा तीन दिनदेखि चलेको बयान सकिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोपमा कास्कीबाट मंगलबार रुपन्देही ल्याएका उनको बयान आज (बिहीबार) सकिएको हो ।
रविको जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान १० बजेदेखि बयान लिएको थियो ।उनलाई अहिले जिल्ला सरकारी वकिलको कार्यालयबाट निकालिएको छ ।
तीन दिनसम्म बयान दिएका रविलाई बिहीबार साँझ नै रुपन्देहीबाट कास्की लैजाने प्रहरीले तयारी गरेको छ । बुद्ध एयरमार्फत बिहीबार नै पोखरा पठाउने तयारी रहेको रुपन्देही प्रहरीले जनाएको छ । बिहीबार नै रविलाई पोखरा लैजाने तयारी रहेको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण