चिसो बढेसँगै बाढीपीडितलाई घरबासको चिन्ता
ललितपुर । गत असोज १२ गते शनिबारको बाढीले काठमाडौँ उपत्यकामा ठुलो जनधनको क्षति गर्यो । बागमती, नख्खु खोला र दक्षिण ललितपुरको थोत्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन् ।
दक्षिण ललितपुरको महाकाल गाउँपालिका–२ थोत्ने खोलामा आएको बाढीको कारण ४८ घर पूर्णरूपमा विस्थापित भए । थप चौध घर बस्न मिल्ने अवस्थामा छैनन् । बाढीले क्षति गरेको करिब दुई महिना पुगिसक्दा पनि अझै कहाँ बस्ने भन्ने यकिन छैन ।
सरकारले राहत स्वरुप बाढीपीडितलाई दिने भनेको ५० हजारमध्येमा पहिलो किस्ताको २५ हजार बाढीपीडितले अझै पाउन सकिरहेका छैनन् । बाढीले घरवास पूर्णरूपमा क्षति पुर्याएका पीडित हाल आफन्तकोमा बसेर दैनिकी चलाइरहेका छन् । घरवास नै नभएका पीडितलाई कहाँ बस्ने चिन्ता रहेको महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष जोनीकुमार न्यासुरले बताए ।
वडाध्यक्ष न्यासुरका अनुसार बाढीले क्षति पुर्याएको पूर्ण विवरण सङ्कलनको काम अन्तिम चरणमा छ । क्षति विवरण पूर्णरूपमा सङ्कलन भएपछि बाढीपीडितलाई पहिलो किस्ता वितरण गरिनेछ । हाल वडा कार्यालयको समन्वयमा विभिन्न दातृनिकायले दिएको राहत पीडितलाई वितरण गरिरहेको उनको भनाइ छ ।
अध्यक्ष न्यासुरले भने, “बाढीले क्षति पुर्याएको करिब दुई महिना बितिसक्दा पीडितले बस्ने वास पाएका छैनन् । कोही गाउँमै आफन्तकोमा बसेका छन् भने कोही ललितपुर महानगरमा गएर आफन्तको बसेका छन् । अठचालिस घरको कुनै नाम निसानै छैन । चौध घर बस्न योग्य छैनन् ।” उनका अनुसार एकीकृत बस्तीको लागि ६७ घरधुरी बाढी पीडितले वडामा निवेदन दिएका छन् । बाढीपीडितको माग अनुसार महाँकाल गाउँपालिकाकै टुटुवा थुम्कामा बस्ती एकीकृत बस्ती बसाउने पालिकास्थरीय सर्वदलीय बैठकमार्फत पारित भइसकेको छ ।
बाढीले घरवास नै बगाएर लगेपछि हाल लितपुरको सातदोबाटोस्थित छोरीको घरमा बस्ने गरेका महाँकाल गाउँपालिका–२ मनिखेल थोत्ने खोलाका बाढीपीडित बुद्धिमान स्याङतानले बताए । घरबास बाढीले बगाएर लगेपछि आफन्तकोमा अस्थायी रुपमा बस्नुपरेको बाध्यता बुद्धिमानको जस्तै अरु धेरैको छ । उनले भने, “बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ । कसको घरबास कहाँ नेर हो भन्ने ठम्याउन सकिँदैन । बाढीको प्रकोपबाट बाँचेका केहीले अब कहिल्यै त्यो ठाउँमा नफर्कने निधो गरेका छन् ।”
दातृनिकायले राहातस्वरुप दिएको सहयोगले कतिपयले टहरा निर्माण गरेर अस्थायी रुपमा बसेका छन् भने, कपिय अझै आफन्तको बसेर सरकारले राहातस्वरुप दिने भनेको पहिलो र दोस्रो किस्ताको ५० हजारको प्रतिक्षामा छन् । स्थानीय गोमामाया लामाका अनुसार अब बिस्तारै सबैले टहरा निर्माण गर्दैछन् । वडा कार्यालयको समन्वयमा दातृनिकायबाट पाएको राहतले दैनिकी चलाए पनि पुर्खौँदेखिको घरबास बाढीले बगरमा परिणत गरेपछि अस्थायी टहरा कहाँ बनाउने चिन्ता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण