देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु
काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको अवस्था छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ।
आज राति कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण