स्वास्थ्य प्रवर्द्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । वडा नंं १० ले मध्यबानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिहीबारदेखि उक्त सेवा नागरिकलाई उपलब्ध गराइएको हो ।
वडाध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए । “आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै जानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनैपरे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ”, केसीको भनाइ थियो ।
त्यसक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे ।
महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क बिन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण