टीका चौधरीलाई कांग्रेसले बनायो समन्वय प्रमुख कैलालीको उम्मेदवार

कैलाली । नेपाली कांग्रेसले कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदका टीका चौधरी भुललाई उम्मेदवार बनाएको छ । यसअघि बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्त लाई बनाउने निर्णय गरेको थियो ।
तर निर्वाचन आयोगले जुनसुकै स्थानीय तहको प्रमुख पदमा पुरुष भए उपप्रमुख महिला अनिवार्य अर्थात पुरुष उपप्रमुख रहेको ठाउँमा महिला प्रमुख अनिवार्य भन्ने परिपत्र गरेपछि कांग्रेसले सो निर्णय गरेको हो ।
आज बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले सो निर्णय गरेको छ । बैठकले कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सिफारिस गरेका चौधरीलाई सो पदको उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरतबहादुर रावत डोटेली कान्छाले बताए ।
चौधरी कैलारी गाउँपालिका २ का वडा सदस्य हुन् ।सो निर्णय पश्चात उम्मेदवार चौधरीलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।
यसअघि समन्वय प्रमुखको उम्मेदवार बनाउने निर्णय गरिएका पन्तले पनि उम्मेदवार बनेकी चौधरीलाई शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन पश्चात रिक्त रहेको सो पदमा मंसिर १६ गते निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने