दैलेख महावुमा कांग्रेस र माओवादीले दर्ता गराए मनोनयन
आइतबार, ०२ मङ्सिर २०८१, १३ : २४
दैलेख । दैलेखको महावु गाउँपालिकाको अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय गैडाबाजमा पुगेर मनोनयन दर्ता गराएका हुन् । यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी र माओवादीबाट जङ्ग बराल उम्मेदवार छन् ।
०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित कांग्रेसका लछुमन गुरुङको हृदयाघातका कारण निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यहाँ रास्वपा, एमाले र समाजवादीले पनि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।
कर्णालीका ७ वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनमध्ये अध्यक्षका लागि हुन लागेको महावुको चुनावी प्रतिस्पर्धालाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुदृढीकरणमा कोसेढुङ्गा : मुख्यमन्त्री आचार्य
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण