डेनमार्ककी भिक्टोरिया क्जेयर थेइल्भिग बनिन् मिस युनिभर्स
मेक्सिको सिटी । डेनमार्ककी भिक्टोरिया क्जेयर थिइल्भिग मिस युनिभर्स २०२४ बनेकी छिन् । शनिवार राति मेक्सिको सिटीमा आयोजित प्रतियोगिताको फाइनलमा थिइल्भिगले उक्त उपाधि चुमेकी हुन् ।
प्रतिस्पर्धा जित्ने उनी पहिलो डेनिस नागरिक हुन् । २१ वर्षकी थिइल्भिग कुशल नर्तकी, उद्यमी र वकिल पनि हुन् । विश्वभरका १२० जना प्रतिस्पर्धीलाई उछिनेर प्रतिस्पर्धाको ताज पहिरेकी थिइन् ।
प्रतिस्पर्धाको फाइनलमा गायक रबिन थिकले प्रस्तुति दिएका थिए । प्रतिस्पर्धालाई ‘सेभ्ड बाइ द बेल’ स्टार मारिओ लोपेज र पूर्व मिस युनिभर्स ओलिभिया कल्पोले होष्ट गरेका थिए । बिहिबारको प्रिलिमनरीमा ३० जना प्रतिस्पर्धीको नाम सर्ट लिस्ट गरिएको थियो । नाइजेरियाकी चिदिम्मा अदेत्शिना पहिलो रनर–अप भइन् भने मेक्सिकोकी मारिआ फर्नान्डा बेल्ट्रान सेकेन्ड रनर अफ भइन् ।
यस वर्षको प्रतिस्पर्धाको ७२ वर्षको इतिहासमा पहिलो पटक २८ वर्षको उमेर सीमा हटाइएको थियो । प्रतिस्पर्धामा दुई दर्जन भन्दा बढी प्रतिस्पर्धी २८ वर्ष भन्दा बढी उमेरका थिए । माल्टाकी बिट्रिस एनजोया ग्र्यान्ड फिनालेमा पुग्ने ४० माथिकी पहिलो प्रतिस्पर्धी बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण