महावुको अध्यक्षका लागि ५ र नलगाडको उपप्रमुखका लागि ४ दलको उम्मेदवारी दर्ता
सुर्खेत । स्थानीय तह उपनिर्वाचनका लागि दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ नेपाली कांग्रेसकातर्फबाट झलक भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एमालेका तर्फबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत हमालको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ ०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नेपाली कांग्रेसका लछुमन गुरुङको हृदयघातका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि हुन लागेको निर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालयले रातोपाटीलाई दिएको जानकारी अनुसार यहाँ कांग्रेस, राप्रपा, एमाले र माओवादीले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसकातर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि उम्मेदवारी दर्ता हुने भनिएपनि अहिलेसम्म नभएको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको २०८० कार्तिकमा भूकम्पमा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुदृढीकरणमा कोसेढुङ्गा : मुख्यमन्त्री आचार्य
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण