स्थानीय तह उपनिर्वाचन : यस्तो छ उम्मेदवारको विवरण, कुन पदमा कति ? (सूचीसहित)
काठमाडौँ । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले आइतबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३–३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण