यी हुन् एमालेबाट स्थानीय तह उपनिर्वाचनका ४२ उम्मेदवार (सूचीसहित)
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमालेले ४२ स्थानमा उम्मेदवारी दर्ता गरेको छ ।
एमाले निर्वाचन आयोगका सदस्य निरज आचार्यका अनुसार दुई जिसस प्रमुखबाहेक नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।
एमालेले एक्लै चुनाव लड्ने घोषणा गरेपनि माओवादी केन्द्रको गढ मानिएको पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले चुनावी तालमेल गरेका छन् । यो पालिकाको उपाध्यक्ष पदमा हुने निर्वाचनमा कांग्रेस–एमालेले चुनाव चिह्न र उम्मेदवार साटेका छन् । पुथा उत्तरगंगामा एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सघाउने छ । तर तुलाचन कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लड्ने भएकी छिन् । त्यस्तै सोही गाउँपालिका २ नम्बर वडाअध्यक्षमा सूर्य चुनाव चिन्हबाट एमालेका जीवन रोका उम्मेदवार बनेका छन् उनलाई कांग्रेसले सघाउने सहमति भएको छ ।
एमालेका केन्द्रीय सदस्य तथा एमाले निर्वाचन आयोगका सदस्य नीरज आचार्यले रुकुममा केन्द्रीयस्तरबाट नभई स्थानीय स्तरमा चुनावी तालमेल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण