बौद्ध विहार सङ्घ ललितपुरको नयाँ नेतृत्व चयन
पाटन । बौद्ध विहार सङ्घ ललितपुरको ४९ औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ । आज सम्पन्न साधारणसभाले रत्नाकर महाविहारका प्रतिनिधि करुणा रत्न बज्राचार्यको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत पुष्परत्न शाक्यले जानकारी दिए ।
निर्वाचन अधिकृत शाक्यले दिएको जानकारीअनुसार उपाध्यक्ष पदमा मणिमण्डप महाविहारका पुष्प शाक्य, मयूरवर्ण महाविहारका सुरेन्द्र बज्राचार्य, हिरण्यवर्ण महाविहारका राजु बज्राचार्य र दत्तनाम महाविहारका अमोघबज्र बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
महासचिवमा यशोधर महाविहारका बाबुराजा बज्राचार्य निर्विरोध निर्वाचित भए । सचिव पदमा ललितवर्ण महाविहारका दीपक शाक्य, कोषाध्यक्षमा गोपीचन्द्र महाविहारका नरेश शाक्य र सहकोषाध्यक्षमा वैशवर्ण महाविहारका रवीन्द्र शाक्य निर्विरोध चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा रुद्र वर्ण महाविहारका किशोर शाक्य, सप्तपुर महाविहारका हेमरत्न शाक्य, धर्मकीर्ति महाविहारका सरोज बज्राचार्य, रक्षेश्वर महाविहारका रूपकुमार शाक्य, गुणलक्ष्मी महाविहारका बुद्धरत्न बज्राचार्य, सुरशचन्द्र महाविहारका सुनिल शाक्य, लोकाकीर्ति महाविहारका राजेश बज्राचार्य, श्रीबच्छ महाविहारका वत्सकुमार शाक्य, बलाधर गुप्त महाविहारका दिनेश शाक्य, यम्पि महाविहारका विनोदराज शाक्य र नापीचन्द्र महाविहारका शैलेन्द्रराज शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत शाक्यले भने, “एक्काइस सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारी नपरेकाले यस वर्ष उक्त पद खाली नै रहनेछ, अध्यक्षको सिफारिसमा कार्यसमितिले चारजना सदस्यहरु मनोनयन गर्ने व्यवस्था रहेको छ ।”
विसं २०३२ मङ्सिर १ गते हिरण्यवर्ण महाविहारमा स्थापना भएको बौद्ध विहार सङ्घमा हाल ललितपुरका ३० वटा वौद्ध विहारको प्रतिनिधित्व रहेको निर्वतमान अध्यक्ष नानीकाजी शाक्यले जानकारी दिए । “ललितपुरमा दुई सय ५० भन्दा बढी विहारहरू छन्, सबैलाई सदस्य बनाउन सकिएको छैन, मुख्यमुख्य महाविहारबाट मात्रै प्रतिनिधित्व हुने व्यवस्था रहेको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण