विकासशील मुलुकमा स्तरोन्नति हुँदा निर्यात ४ प्रतिशत घट्छ : सचिव मरासिनी
काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा निर्यात ४ प्रतिशतले घट्ने बताएका छन् । सोमबार उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘नवप्रवर्तन संवाद’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ’ मरासिनीले भने, ‘निर्यात र वैदेशिक सहायता पनि घट्छ भन्नेछ । घटे घटोस् ५० वर्षसम्म सुविधा पाएको हो । के परिवर्तन भयो त यो अवधिमा १९७० देखि विकासशील मुलुकमा प्रवेश गर्ने तयारीमा छौँ ।’
हाल नेपालमा ९० प्रतिशत वस्तु आयात हुने गरेको छ भने १० प्रतिशत निर्यात हुने गरेको छ । यसमा ४ प्रतिशत अझै घट्न सक्ने एक अध्ययनले देखाएको उनको भनाइ छ ।
विकासशील मुलुकमा स्तरोन्नति हुनका लागि तिन वटा क्राइटेरिया पुरा गर्नुपर्नेमा दुई वटा पुरा भएको उनको भनाई छ । ‘एउटा इन्कमको रूपमा क्राइटेरिया नपुगे पनि बाँकी दुई वटामा पुगेकोले हामी विकसित मुलुकमा प्रवेश गर्ने भएका छौँ’ उनले भने, ‘अब आर्थिक सुधारका लागि जोड दिनुपर्ने चुनौती छ ।’
आर्थिक सुधारका लागि सरकारले अनुकूल वातावरण बनाइदिनुपर्ने उनले बताए । यसका लागि सरकारले नवप्रवर्तनको विकासका लागि निजी क्षेत्रलाई सपोर्ट गर्नुपर्ने उनले बताए ।
‘देशको अर्थतन्त्रलाई सुधार गर्नका लागि नलेज बेस इकोनोमीलाई जोड दिनुपर्छ’ उनले भने, ‘जसका लागि युवाहरूलाई आकर्षित गरी नवप्रवर्तनमा जोड दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण