फिल्म ‘सत्यवीर’ बन्ने, मुख्य भूमिकामा प्रकाश
काठमाडौँ । बिराज खड्काको निर्देशन भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनेता प्रकाश शाह अनुबन्ध गर्दै फिल्म निर्माण घोषणा गरेको हो ।
‘लभ स्टेसन’, ’साङ्लो’, र ‘रामायण’मा खलपात्रको भूमिकामा देखिएका शाहको भूमिका के भनेर कम्पनी गडरेज पिक्चर्स प्रालीले केही खुलाएको छैन । तर फिल्मको सार्वजनिक पोस्टरमा शाहलाई ’एंग्री’ लूक्समा देख्न सकिन्छ ।
पोस्टरमा ग्लब्ससहित सिगार पिउँदै गरेका शाहको पृष्ठभूमिमा जङ्गल, हात्तीको बंगारा र सुढ देख्न सकिन्छ । पोस्टरमा जोडिएका दृश्यले फिल्मले क्राइम थ्रीलर सङ्केत गर्छ ।
‘सत्यवीर’को निर्मातामा आदेश सुब्बा हुन् । बिराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सक्रिय खड्काको ठुलो पर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ । फिल्ममा ४० प्रतिशत दृश्य भिएफएक्स रहने बताए । बाँकी ६० प्रतिशत दृश्य काठमाडौँ र चितवन लगायत तराई क्षेत्रमा छायाङ्कन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण