पूर्वडीआईजी जोशीलाई काठमाडौँ ल्याइँदै
काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए । स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेलसँग बयान लिएर काठमाडौँ प्रहरीले उनलाई पोखरा पठाएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण