‘मिस प्लानेट’मा भाग लिन कम्बोडिया पुगिन् अनिसा
मङ्गलबार, ०४ मङ्सिर २०८१, २१ : १५
काठमाडौँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा भाग लिन अनिसा पराजुली त्यहाँ पुगेकी छन् । नोभेम्बर १९ (आज)देखि नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी हुन् ।
प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाएकी छन् । कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै हुने भएकोले बुद्धको थिम रोजेकी हुन् ।
नेपालको नाम विश्वमा चिनाउने अवसर पाएको बताउँदै उनले आफूले सक्ने प्रयास गर्ने बताइन् । ‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँगसँगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ ।
वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन् । अनिसा केही समय अगाडि काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर अप विजेता बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण